भिडियोमुख्यसमाजहाइलाइट्स

पूर्वाञ्चल रेकर्डिङ स्टुडियोको पूर्वेली लोकभाका ‘बेलटार बजार’ सार्वजनिक

रायुजा संवाददाता
इटहरी । उदयपुरको ऐतिहासिक तथा धार्मिक आस्थाको पुञ्ज चौदण्डीगढीको मनोरम् दृश्य, सुनकोशीको तिरसहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा छायाङ्कन गरिएको पूर्वेली भाकाको नयाँ म्युजिक भिडियो एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।
कलात्मक अभिनयबाट सुसज्जित अत्यन्तै मिठासपूर्ण शब्दहरुले भरिएको पूर्वका चर्चित गायक/गायिका सुनिता थेगिम र दिपेन्द्र राईको युगल स्वरले मोहनी लगाउने लोकभाका ‘बेल्टार बजार’ पूर्वकै चर्चित म्युजिक भिडियो रेकर्डिङ स्टुडियो इटहरीको पूर्वाञ्चल रेकर्डिङ स्टुडियोले युट्युव च्यानल मार्फत शुक्रबार एक कार्यक्रमका बीचमा सार्वजनिक गरेको हो । स्वरमा गायिका पासाङ तामाङले सहयोग गरेकी थिईन् ।
पारिवारिक गर्जो टार्न विदेशिनु पर्ने बाध्यता र पारिवारिक विछोडका पिडालाई अत्यन्तै कलात्मक ढंगबाट पस्कन सफल यो गित वैदेशिक रोजगारमा काम गरिरहेका लाखौं नेपालीको रोजाईमा पर्ने विश्वास कलाकार तथा पूर्वाञ्चल रेकर्डिङ स्टुडियोका रुद्र श्रेष्ठको छ । यहि आशा गायक तथा नायक दिपेन्द्र राईको छ ।
बेल्टार बजार, दुई दिने गिन्दगीमा लानु के छ र’ बोलको पूर्वेली लोक भाकामा सजिएको उक्त म्युजिक भिडियोको संगीत, अडियो रेकर्डिङ÷मिक्सिङ र निर्देशन रुद्र श्रेष्ठले गरेका छन् । उक्त म्युजिक भिडियोको गितका शब्द चयन भने भुइँदल अल्लारेले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा दिपेन्द्र राई र रेणु बान्तवा राईलाई फिचरिङ गरिएको छ भने रुद्र श्रेष्ठ, रक्षक राई, कैलाश राई,अमर राई, गीतकार भुइदल अल्लारे र अन्य कलाकार हरुलाई देख्न सकिन्छ । ग्यालरी मिडियाले यूनिट र शिर कुमार साङ्पाङ्गले छायांकन गरेका हुन् । शिर कुमार साङ्पाङ्ग र बसन्त राईको सम्पादन रहेको छ । उक्त म्युजिक भिडियोको क्यामेरा पर्सनमा दिनेश राई र सुविन रहेका छन् । नृत्य निर्देशन भने रोशन पराजुली र सविन राईले गरेका हुन् ।

Comment here