मुख्यसमाज

प्रदेशसभा भवन विराटनगरमा इटहरीका मेयरप्रति महिला सभासदको आक्रोश

रायुजा संवाददाता
विराटनगर, ०८ असार २०७६ । प्रदेश नम्बर १ सांसद बिन्दीया कार्कीले मेयर द्वारिकलाल चौधरीले यौनजन्य विकृतिको दोष जति महिला माथि थोपरिएकोमा प्रदेशसभा भवनमै आक्रोश पोखिन ।
शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयको सदुपयोग गर्दै कार्कीले मेयर चौधरी ‘डामेर छाडेको साँढे हो’ अनि नेकपामा आउने युव युवतीले अब यही हेरेर आउने हो ? भन्दै प्रश्न गरिन् ।
‘यो पार्टीमा आउँदा जे बोल्न र गर्न पाइन्छ भन्ने भावनाको विकास भएको छ, यसको जिम्मा नेकपाले लिनुपर्छ ।’ उनले थपिन् ‘कि त मेयर चौधरीलाई पागल खानामा भर्ती गर्नुपर्यो, नत्र कठालोमा समाएर महिलाले घिसार्नु पर्छ ।’ सांसद कार्कीले सत्तापक्षीय नेकपाका महिला सांसदसमेत मौन बसेकोमा असन्तुष्टी पोखिन् ।
‘के इटहरीको मेयर नेकपाले डामेर छाडेको साँढे हो ? जथाभावी बोलेर महिलाको चरित्र हत्या गर्ने ?, त्यो शब्द म यहाँ प्रदेशसभामा उच्चारण गर्न पनि सक्दिन, मैले अरुको मुखबाट अहिलेसम्म सुनेको छुइन, तर मेयरले बोले ।’ उनले मेयरको अभिव्यक्ति खेदपूर्ण भएको बताइन् । मेयरले इटहरीको लबिपुरमा आयोजित सामाजिक विकृति विरुद्धको कार्यक्रममा महिलाहरुको अपमान हुने प्रकारका शब्दहरु बोलेका थिए ।
मेयरले मागे माफी
यसैबीच इटहरीका मेयर द्वारिकलाल चौधरीले शुक्रबार विज्ञप्तिमार्फत माफी मागेका छन् । इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले मेयर चौधरीको विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा समाजलाई अपाच्य हुने यौनजन्य गतिविधिहरुलाई नियन्त्रण गर्नु चुनौति भएको र त्यही सन्दर्भमा बोलेका केही शब्दले नेपाली आमा दिदी बहिनीको भावनामा चोट गर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमा याचना मागेका हुन् ।

Comment here