मुख्यसमाज

कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशित गर्ने तयारी

रायुजा संवाददाता
भक्तपुर, १३ साउन २०७५ । गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा प्रकाशनका लागि आजै दिउँसो बोर्ड बैठक बसेपछि प्रकाशित गर्ने राष्ट्रिय परिक्षा बोर्डका एक सदस्यले बताए ।
हामीलाई सबै प्राविधिक काम सकिएको जानकारी सहित बैठकको खबर आएको छु ती सदस्यले भने, बोर्डले तयारी गरेको प्रकृयामा कुनै ठूलै समस्या नआएमा बेलुका सम्म नतिजा सार्वजनिक हुन सक्छ ।
परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएका बोर्डले जनाएको छ । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा भएको थियो ।
संकाय र विषय अनुसार फरक फरक दिनमा सार्वननिक हुँदै आउको नतिजा गत बर्ष देखि एकैदिन सार्वजनिक गर्ने गरिएको छ ।

Comment here