मुख्यसमाज

झापा र मोरङमा पानीमा डुबेर तीनको निधन

रायुजा संवाददाता
दमक, ०४ असोज २०७६ शनिबार । कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा २ बालकको डुबेर निधन भएको छ ।
झापाको कमल गाउँपालिका ४ भुत्लुङ खोलाको निर्माणाधीन कल्भर्टका लागि खनिएको खाल्डोमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको डुबेर शुक्रबार साँझ निधन भएको प्रहरीले जनाएको छ । घरमा केही नभनी निस्केका उनीहरु अबेरसम्म नआएपछि खोजी गर्ने क्रममा डुबेर निधन भएको अवस्थामा फेला परेका थिए ।
यसैगरी मोरङको कटहरी गाउँपालिका ४ स्थित जुडी खोलामा डुबेर ४० वर्षीय नारायण उरावको निधन भएको छ । विश्वकर्मा पूजापछि मूर्ति सेलाउने समूहमा गएका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

Comment here