खेलकुदफिचरमुख्य

इनरुवामा आयोजित दोस्रो मैत्रीपूर्ण अध्यक्ष फुटबल प्रतियोगितामा कोशी गाउँपालिका विजयी, कोशी कै अध्यक्ष अन्सारी बने म्यान अफ द म्याच

रायुजा न्युज डेक्स
इनरुवा, १८ पौष २०७६ । सुनसरीको इनरुवामा आयोजित दोस्रो मैत्रिपूर्ण अध्यक्ष कप फुटबल प्रतियोगिता कोशी गाउँपालिकाले जितेको छ।
जनप्रतिनिधि र कर्मचारीबीच खेलिएको उक्त प्रतियोगिताको म्यान अफ दि म्याच सोही गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी घोषित भए ।
मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुरको आयोजनामा सञ्चालन भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहीबार कोशी गाउँपालिकाका जनप्रतिनिधि टिम बिजय भएको छ। बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बिचको प्रतिस्पर्धामा जनप्रतिनिधि टिम बिजय भएको हो। जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको मध्यमा बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बीचको प्रतिस्पर्धा भएको थियो।
खेल सुरुभए लगतै जनप्रतिनिधि टिमले एक गोल दिएर आफ्नो टिमको खाता खोली सकेका थिए भने पुनः १० मिनेट कै अन्तरमा कर्मचारीको तर्फ बाट एक गोल दिएर बराबरी भएको आयोजकले जनाएको छ। खेलको अन्तिम चरण सम्म दुबै टिम बराबरीको अवस्थामा खेलिरहेका थिए भने खेल समापन तिर पुनः जनप्रतिनिधि टिम तर्फबाट एक गोल दिएर बिजय भएको आयोजक कमिटीका अध्यक्ष इनामुल हकले जानकारी दिएका छन् । उक्त फुटबल प्रतियोगिताको म्यान अफ द म्याच कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी रहेको टिमका उप कप्तान कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीले जनाएका छन्।
इनरुवा अनलाईनबाट

Comment here