खेलकुदप्रदेश नं १फिचरसमाज

इनरुवामा जारी मनमोनहन कप क्रिकेटको सेमिफाइनल आज समूह ‘बी’ नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुने

इनरुवा (सुनसरी), २३ पुस २०७६ । इनरुवामा जारी बुधबार समुह ‘बि’ अन्तर्गतका नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुनेछ।
जनकपुर, पुस २३ बुधबार । सुनसरीको इनरुवामा जारी मनमोहन कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदैछ ।
समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेका यि दुई टिमबीच आज प्रतिष्पर्धा हुने भएको हो ।
मंगलबारको खेलमा इनरुवालाई १० विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
आयोजक एमएमसीसी इनरुवालाई १० विकेटले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा आर्मी सेमिफाइनल प्रवेश गरेको हो।
टस जितेर ब्याटिङ रोजेको एमएमसीसी इनरुवा १९.३ ओभर खेल्दै ५६ रनमै समेटियो। इनरुवाको लागि सुशान्त तिमिल्सिनाले १५ तथा सोनु मण्डलले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। पाँच ब्याट्सम्यान बिना रन आउट भए। आर्मीको लागि सुशन भारी एक्लैले ७ विकेट लिए।
भारीले ८।३ ओभर बलिंग गर्दै ३ मेडन ओभरसहित १६ रन खर्चिए। उनले ओभरको दोश्रो, तेश्रो र चौथो बलमा क्रमशः सुशान्त तिमिल्सिना, अल्फाज मन्सुरी र सरोज बस्नेतलाई आउट गरे। हरिबहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट लिए।
५७ रनको झिनो लक्ष्य त्रिभुवन आर्मी क्लबले विकेट नगुमाई ५ ओभरमै पुरा गरेको हो। आर्मीका ओपनर कुशल मल्लले ३५ तथा हरिकृष्ण झाले २० रन बनाए। मल्लले १९ बलमा ५ चौका र २ छक्का तथा झाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।
प्रदेश ३ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

Comment here