खेलकुदफिचरसमाज

दुहवी मेयर कपको तेस्रो खेलमा ४ नं. वडा क्वाटर फाइनल प्रवेश

रायुजा डेक्स न्युज
विराटनगर, २३ पुस २०७६ । सुनसरीको दुहबी आयोजित दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको तेस्रो खेलमा दुहबी ४ नमबर वडाले ७ नम्बर वडालाई सडेन डेथ समयमा ८–७ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समय सम्म दुबै तर्फवाट १–१ गोल भएपछि ट्राइबेकरको सडेन डेथ समयमा दुहबी ४ बिजय भएको हो । खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्वर ४ का गोल रक्षक भागेशर मझिलाइ नगद १ हजार सहित मेडल प्रदान गरियो । दुहबी नगर पालिकाको आयोजनामा भएको तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा बिहिबारको खेल दुहबी वडा नम्बर ३ र वडा नम्बर ६ का बिच हुने छ ।

Comment here