फिचरमुख्यसमाज

सामान्य धरौटीमा सभासद सदस्य मनाङ्गे हिरासत मुक्त

रायुजा डेक्स न्युज
विराटनगर, १२ माघ २०७६। जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङ्गेलाई सामान्य धरौटीमा आइतबार हिरासतमुक्त गराएको छ । अपराधिक गतिविधिमा संलग्न रहेर गुण्डा नाइकेको रुपमा चिनिने गुरुङले पछिल्लो समयमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा हिरासतमा रहेका मनाङ्गेलाई जिप्रका कास्कीले ६ हजार धरौटीमा रिहा गरेको हो ।
जिल्ला फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेपछि उनी पक्राउ परेका थिए । उनीमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । मनाङे ५ दिन अघि पक्राउ परेका थिए कार्यालयले मनाङेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

Comment here