फिचरमुख्यसमाजसमुन्द्रपार

कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा पाँच सय बढी

रायुजा डेक्स न्युज
विराटनगर, २३ माघ २०७६ । चीनबाट फैलिएको महामारी कोरोना भाइरस संक्रमणबाट चीनमा निधन हुनेको संख्या ५ सय नाघेको छ । हङकङमा एकजनाको निधन भएको छ भने १८ जना संक्रमितको उपचार भईरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो । कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ ।

Comment here