क्या बोर यार !फिचरमुख्यसमाजस्वास्थ्य

जन्ति बोकेको ट्याक्टर दुर्घटना, ३ को निधन

वाग्लुङ, २४ माघ २०७६ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
ग १ त ५७६२ नम्बरको ट्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मालिका गाउँपालिकाका प्रताप पुनको बिहेमा हिँडेको ट्याक्टरमा ३५ जन्ती रहेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार दुर्घटना परी मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको छ । सडकदेखि ५० मिटर तल खसी दुर्घटनाग्रस्त ट्याक्टरमा सवार अन्य ३ जना गम्भीर छन् । घाइतेमध्ये खगेन्द्र पुनलाई उपचारका लागि बुटवल लगिएको छ भने मनप्रसाद पुन र गौमाया पुनलाई उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल लगिएको छ । घाइते मध्ये ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको वताइएको छ ।
उक्त घटना प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार एक शोक विज्ञप्ति प्रशाशित गर्दै घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै शोक विज्ञप्तिमा मृतकका शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
आदर्श समाज डटकमबाट

Comment here