राशिफलसमाजहट् निउज्

पाठकको पुर्पुरो : वि.सं. २०७६ माघ २५ गते, शनिबार

पुर्पुरोमा जे लेखिए पनि कर्तव्य र जिम्मेवारीका साथ कर्म गरौं ।

मेषविपक्षीले कमजोरीको फाइदा उठाउने छन् । काम गरेर जस नमिल्दा जोस जाँगर घट्नेछ । आर्थिक अवस्था कमजोर बन्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । नयाँ कार्य थाल्दा मातृ पक्षको साथले थाल्नु होला ।
बृषसान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्ने छन् । हर्षको खबर मिल्नेछ ।
मिथुनअचल सम्पत्ति जोड्ने योग बनेको छ । आर्थिक अवस्था बलियो रहँदा लगानि गर्न सकिनेछ । तर द्वितीयेश चन्द्रमाले सामान्य अन्योलको अवस्था सृजना गर्न सक्छ, कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ ।
कर्कटदेशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ । बोलिको कदर हुनेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । स्वास्थ्यमा सुधार एवं प्रेमीप्रेमीका बीचको सम्बन्ध सुमधुर बन्नेछ ।
सिंहअसन्तोषी प्रबृत्ति रहनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ । सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य छुट्नेछ ।
कन्याआम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । सानो लगानिले नै धेरै लाभ मिल्दा काम गर्ने उत्साह थपिनेछ । व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । शैक्षिक क्षेत्रमा समेत उन्नतिको होला ।
तुलावहान सुख मिल्नेछ । कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । इमान्दारीताको कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारी समेत मिल्नेछ । सृजनात्मक कार्यमा मन जानेछ । सामाजिक, राजनैतिक कार्यमा सहभागी भइनेछ ।
वृश्चिकअनुकूलको वातावरण बन्दा थालेका अधिकांश कार्यले उचित स्थान पाउनेछन् । सहनशिलता र कृयाशिलताको विकास हुनेछ । सकारात्मक सोच विचार आउनेछ । आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ ।
धनुआफन्तजनसँग टाढिनु पर्नेछ । अष्टमेश चन्द्रमा ग्रहले गर्दा झन्झट धेरै आइलाग्नेछ । आर्थिक आम्दानी भएता पनि सही स्थानमा लगानि गर्न सकिने छैन । प्रतिक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ ।
मकरआत्मकारक ग्रहको पूर्ण दृष्टि परेको छ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । नोकरीमा प्रशंसा एवं नयाँ स्थान मिल्नेछ । प्रेम भाव जाग्नेछ ।
कुम्भसनातिना समस्या आएता पनि सहयोगीको साथ सहयोगले अघि बढ्दा कार्य बन्नेछन् । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवसायको आम्दानीले सन्तुष्टि मिल्नेछ । चनाखो भएर कार्य गर्नुहोला ।
मीनस्वास्थ्यमा सुधार हुनेछ । असहज परिस्थिति क्रमशः हट्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ । पुराना मित्र मिलन हुनेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ ।

Comment here