धर्म/संस्कृतिराशिफलसमाजहट् निउज्

पाठकको पुर्पुरो : वि.सं. २०७६ माघ २७ गते, सोमबार 

पुर्पुरोमा जे लेखिए पनि भाग्य भन्दा कर्ममा विश्वास गरौं ।

मेषसकारात्मक सोच विचार रहनेछ । शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा आउँदा मन खुसी रहनेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । नयाँ अवसरहरु जुट्ने छन् । स्वास्थ्यको भने ख्याल पु¥याउनुहोला ।
बृषआर्थिक पक्ष कमजोर बन्नेछ । मानसिक चिन्ता, पीरले सताउनेछ । बन्धुवान्धवसँग बोलिकै कराण सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ ।
मिथुनमन मिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण हुनेछ । काम गर्ने जोश जाँगर थपिनेछ । सहमति र सहकार्यको वातावरणले गर्दा सहज तवरले कार्य बन्नेछन् । मिहिनेत अनुसारको प्रतिफल मिल्दा खुसी लाग्नेछ ।
कर्कटअल्छि गर्ने वानीले पछि परिनेछ, जागरुक रहनु होला । अचल वस्तुमा गरेको लगानिले पछि ठूलो फाइदा दिलाउने छ । धार्मिक एवं सामाजिक कार्यबाट उच्च सम्मान मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।
सिंहछोटो रमाइलो यात्राको अवसर मिल्नेछ । ठूला व्यक्तिसँग संगत रहनेछ । सान्दर्भिक कार्यको शुरुवाति गरिनेछ । इमान्दारीताको कदर हुनेछ । श्रृंगारिक कार्यमा मन जानेछ । बोलि विक्ने समय रहेको छ ।
कन्यास्वास्थ्य कमजोर बन्नेछ । अनावश्यक कार्यमा खर्चभार बढ्नेछ । दैनिक कामकाजमा पनि समस्या सृजना हुनेछ । हिनताबोधले गर्दा कार्य गर्न मन लाग्ने छैन । पढाइलेखाइमा भन्दा बाहिरी कुरामा मन जानेछ ।
तुलानयाँ नयाँ वस्तुको उपभोग गर्न पाइनेछ । गुमेको धन हात पर्दा प्रसन्नता छाउनेछ । आर्थिक आम्दानीमा बढोत्तरी हुनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । लामो समयदेखि रोकिएका कार्यहरु बन्नेछन् ।
वृश्चिकनयाँ सिप सिक्ने अवसर मिल्नेछ । घरायसी समस्या हल हुनेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ ।
धनुबल, विद्या, नाम, दाम मिल्ने समय रहेको छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । सहयोगीहरुको साथले अपूरा कार्यलाई अघि बढाउन सकिनेछ । अध्ययनमा सुधारको संकेत देखिन्छ । समय सुधारोन्मुख रहनेछ ।
मकरनयाँ कार्यको थालनि गर्दा बाधा अड्चनहरु देखा पर्नेछन् । अरुले गरेको गल्तिको आरोप तपाईँलाई आउन सक्छ, सतर्क रहनु होला । अरु व्यक्तिको नियम, नियन्त्रणमा बस्न सकिने छैन । ठूलो लगानि उचित देखिन्न ।
कुम्भमानसिक शान्तिको अनुभूति हुनेछ । नेतृत्व गणसँगको सम्बन्ध निकट बन्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । थालेका अधिकांश कार्य पूरा हुँदा मन हर्षित बन्नेछ । प्रेम प्रसंग चल्नेछ । हर्षको खबर मिल्नेछ ।
मीनपूर्व तयारीका साथ लाग्दा धेरै कार्यहरु बन्नेछन् । स्थान, मान प्रप्तिको योग बनेको छ । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसीयाली छाउनेछ ।

Comment here