धर्म/संस्कृतिराशिफलसमाजहट् निउज्

पाठकको पुर्पुरो : वि.सं. २०७६ माघ २८ गते, मंगलबार

पुर्पुरोमा जे लेखिए पनि भाग्यमा भन्दा कर्ममा विश्वास गरी काम गरौं ।

मेषअसन्तुष्टिपनाले छाड्ने छैन । नोकरीमा भनाई खानु पर्नेछ । आफन्तजनको सहयोगले कार्यलाई अघि बढाउँदा भने सफल भइनेछ । अध्ययन अध्यापन क्षेत्रमा सुधार हुनेछ । स्वास्थ्यमा समेत क्रमिक सुधारको संकेत देखिन्छ ।
बृषविवादित कार्यको नेतृत्व गर्नुपर्दा दिक्क लाग्नेछ । गोपनीयता बाहिरीँदा विपक्षीले स्थान पाउने छन् । आफन्तजनसँग नै विवाद पर्नेछ । ढिला सुस्तिका कारण विशेष अवसर फुत्कनेछ । जागरुकका साथ कार्यमा लाग्नुहोला ।
मिथुनमित्रजनको साथ सहयोगले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । शुभ खबर सुन्न पाइनेछ । व्यापार व्यवसायमा आयदर बढ्नेछ । कलात्मक कार्यमा मन रमाउनेछ । सुख सुविस्ताका साधनहरु जुट्ने छन् । दिन शुभ रहनेछ ।
कर्कटहतारको निर्णयले समस्यामा परिनेछ । कठोर बोलि व्यवहारका कारण बन्धुवान्धवसँगको सम्बन्ध विग्रनेछ । चिन्ता, पीरले सताउनेछ । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ । सजक रहनुपर्नेछ ।
सिंहकला र गलाको प्रशंसा हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । शत्रु पनि मेलमिलापमा आउँदा कार्य गर्न सहज हुनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने मौका मिल्नेछ ।
कन्याआयको तुलनामा व्ययभार बढ्नाले आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । सामान्य कार्यमा नै भुल्नाले महत्वपूर्ण कार्य ओझेलमा पर्नेछ । स्वास्थ्य समस्या यथावत् नै रहनेछ । जिद्दि गर्ने बानिले विवाद पर्नेछ ।
तुलापारिवारिक जमघटले मन फुरुंग बन्नेछ । आकस्मिक रमाइलो यात्राको अवसर जुट्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । कृतिप्रदायक कार्य गरिनेछ । परिश्रमको सही मुल्यांकन मिल्दा हौसला बढ्नेछ ।
वृश्चिकपिताको सहयोगले अघि बढ्दा कार्यहरु सहज तवरले बन्नेछन् । सामाजिक कार्यबाट प्रशंसा बटुलिनेछ । नयाँ जिम्मेवारी बढ्नेछ । बोलिको कदर हुनेछ । व्यक्तित्व विकासको समय रहेकोे छ । शुभ खबर मिल्नेछ ।
धनुमिहिनेत अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जाँगर घट्नेछ । अवसर हुँदाहुँदै पनि पछि परिनेछ । नोकरीमा अपजस एवं आलोचित भइनेछ । परोपकारी कार्यमा भने अग्रसरता रहनेछ । ठूलो लगानि उचित देखिन्न ।
मकरव्यवसायमा मन्दीपन रहनेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । दैनिक गर्दै आएका कार्यमा समेत विघ्नबाधा आउनेछ । अशुभ खबर सुन्नु पर्नेछ । शारीरिक आलस्यताले कार्य गर्न सकिने छैन ।
कुम्भकाम प्रतिको लगनशिलता बढेर जानेछ । सोचे अनुरुपका काम कार्य पूरा हुँदा हर्ष बढ्नेछ । विपरीत लिंगीको साथ सहयोगले कार्य बन्नेछ । शैक्षिक, सामाजिक एवं राजनैतिक क्षेत्रमा समेत अग्रस्थान मिल्नेछ ।
मीनघरायसी सरसामान जोडिनेछ । रोकिएको वित्तिय कारोवार सुचारु हुनेछ । व्यापार व्यवसायबाट आयदर बढ्नेछ । अवसरहरुले पछ्याउने छन् । नोकरीमा सामान्य विवाद भएता पनि जीत तपाईँकै हुनेछ ।

Comment here