अर्थ/वाणिज्यप्रदेशफिचरमुख्यसमाजसमुन्द्रपार

बालुवाको ढिस्कोमा पुरिएर कुवेतमा ६ नेपालीको निधन, २ घाईते

काठमाडौं, ०१ फागुन २०७६ । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीले ज्यान गुमाउनु परेको छ भने २ जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला फेब्रुअरी १२, २०२० बुधबार दिउँसो निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको निधन भएको हो पुष्टि भएको छ भने घाइते २ जनाको कुवेतकै जाहारा अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
नेपाली राजदूताबास कुवेतको द्वितीय सचिब जानुका ओझाले घटनाको बारेमा जानकारी दिँदै भनिन– चिनियाँ कम्पनी ९ऋन्न्ऋ० ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासी बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जना नेपाली कामदारहरुको निधन भएको पुष्टि भए पनि मृतकहरुको नामावली अझै प्राप्त भएको छैन। त्यस्तै दुर्घटनामा उद्दार गरिएका २ जना नेपालीको कुवेतको जाहरा अस्पतालमा उपचार भईरहेको छ। ओझाले भनिन– दुर्घटनाको समयमा त्यहाँ कति जना कार्यरत थिए भन्ने एकिन नभएको केही कामदारलाई सकुशल उद्धार गरिएको थियो । यद्यीप अझै केही कामदार हराई रहेको आशंका गरिएको पनि त्यसको पुष्टि नभएको ओझाले बताईन् ।
नेपाली राजदूताबासको टोलि अहिले दुर्घटना भएको कार्यस्थल अनि अस्पतालमा रहेका घाइते नेपालीहरुको अबस्था बुझ्न गईसकेकोले केही समयमा पूर्ण जानकारी आउने ओझाले प्रतिक्रिया दिईन ।
हरि कृष्ण न्यौपानेले देशपरदेश डटकममा लेखेको समाचार साभार

Comment here