समाचार हाइलाईट
Home / खेलकुद / दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सुरु

दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सुरु

विराटनगर (मोर), मंसिर २३ गते । दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४ सुनसरीको दुहवीमा आजबाट सुरु भएको छ । ८ टिमको सहभागि टिमहरुमा रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, मोरङ ११, अग्नी रुपन्देही ११ रुपन्देही र बंगलादेशको मीरपुर एकादेश ढाका क्लब रहेको आयोजक एलेभन एरोज क्लबले जनाएको छ ।
आजको उद्घाटन खेल रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौ विच भईरहेको छ । खेलको उद्घाटन दुहवी नगरपालिका प्रमुख वेद नारायण गच्छदारको प्रमुख आथित्यतामा दुहवी रंगसालामा हुँदैछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद चार लाख ट्रफि र प्रमाणपत्र दोस्रो हुनेलाई नगद दुई लाख ट्रफि र प्रमाणपत्र र सर्वश्रेष्ठ खेलाडीलाई नगद २५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

Newslaya

फेसबुकबाट तपाईको प्रतिक्रिया