समाचार हाइलाईट
Home / अर्थ / भारतीय मूल्य समायोजनको नाममा पटक पटक मूल्य बृद्धि

भारतीय मूल्य समायोजनको नाममा पटक पटक मूल्य बृद्धि

काठमाडौं, पुस १८ गते । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले भारतमा पेट्रोलियमको मूल्य बद्धि भएपछि उक्त मूल्य समायोजन गर्न पटक पटक मूल्य बृद्धि गर्दै आएको छ । सोमबार फेरी मूल्य बृद्धि गर्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको हो ।
निगमको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धन गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एकरएक रूपैयाँ बढाएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०२ रूपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९र७९ रुपैयाँ पुगेको छ। तराईका जिल्लामा भने यो मूल्यभन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ। दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।
खाना पकाउने ग्यास प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। हवाई इन्धन आन्तरिकमा ३ रूपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ।
नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ।
मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाख रुपैयाँमा झरेको निगमले जनाएको छ ।
निगमलाई अहिले पेट्रोलमा लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ। तर, ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ। डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ। भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया