समाचार हाइलाईट
Home / माेफसल / प्रदेश राजधानीको मुद्दा चर्किदै

प्रदेश राजधानीको मुद्दा चर्किदै

इटहरी (सुनसरी) पुस १९ गते । मंगलबार मात्र सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोकेपछि विभिन्न स्थानमा सुरु गरिएका चक्काजाम र आन्दोलनले प्रदेश राजधानी मुद्दा चर्किदै गएको छ ।
१ नम्बर प्रदेशको राजधानी विराटनगरलाई तोकेपछि इटहरी, धरान र धनकुटाका स्थानीबासी तथा सरोकारवालाहरु आन्दोलनमा उत्रिएका छन् । धनकुटामा अनिश्चितकालिन चक्काजाम सुरु गरिएको छ भने इटहरी तथा धरानले पनि विरोधका कडा कार्यक्रम अगाडि ल्याउने बताउँदै आजैदेखि आन्दोलन सुरु गरिसकेको छ ।
यसैगरी ७ नम्बर प्रदेशको राजधानी सरकारले धनगढी तोकेपछि डोटीबासीसमेत आन्दोलित भएका छन् । डोटीबासी तथा राजधानी सरोकारवालाहरुले डोटीबजार अनिश्चितकालिन बन्दको आब्ह्वान गरिसकेका छन् ।
यस्तै अन्य ठाउँहरुमा आन्दोलनका तयारी भईरहेका छन् ।
इटहरीमा आयोजित विरोध कार्यक्रममा सरोकारवालाले विराटनगर सिमाना रहेको कारणले केन्द्रविन्दुमा पर्ने इटहरी र धरानलाई आधार बनाएर राजधानी घोषणा हुनुपर्ने माग अगाडि सारेका छन् ।
उनीहरुले– फुल दिएर गरिएको मागलाई वेवास्ता गरेको हुँदा अब काढाको रुपमा आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया