समाचार हाइलाईट
Home / राष्ट्रिय / सत्ताको डोरी तान्दै निस्कर्षविहिन बन्यो सर्वदलीय बैठक

सत्ताको डोरी तान्दै निस्कर्षविहिन बन्यो सर्वदलीय बैठक

काठमाडौं पुस २० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक निस्कर्षविहिन टुंगिएको छ । सरकारले अस्थायी राजधानी तोकेर नेपालका विभिन्न भागमा भईरहेको आन्दोलनको कुनै कुरा नउठाई बैठकमा उपस्थित दलहरुले सत्ताको डोरी फकाउन मात्र प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । अस्थायी राजधानी र केन्द्र प्रमुखको विषयमा छलफल गर्न डाकिएको उक्त सर्वदलीय बैठकमा उपस्थित दलका नेताहरुले सत्ताको साँचो बुझाउन मात्र आग्रह गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले–माओवीदी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका हुन्।
माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूहरुले मुख्य तीन कुरामा छलफल चलाएको बताए। उनका अनुसार राष्ट्रिय सभाको मिति, प्रदेश प्रमुख तोक्ने र सत्ता हस्तान्तरणको बाटो खोलिदिने विषयमा कुराकानी भएको थियो।
श्रेष्ठले प्रधानमन्त्री देउवालाई यो कामचलाउ सरकार भएकाले जथाभाबी राजनीतिक नियुक्तहरु नगरिदिन पनि आग्रह गरेको बताए। ुयो कामचलाउ सरकार हो। निर्वाचनपछि जनताले जनादेश दिइसकेको अवस्थामा यो सरकारले जथाभाबी नियुक्तिभन्दा पनि सत्ता हस्तान्तरणको बाटो खोलिदिनपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया