समाचार हाइलाईट
Home / राष्ट्रिय / माघ २४ राष्ट्रिय सभाको निर्वाचन हुने

माघ २४ राष्ट्रिय सभाको निर्वाचन हुने

काठमाडौं, पुस २१ गते । निर्वाचन सकिएको झण्डै दुई महिना पछि अर्थात माघ २४ गते राष्ट्रियसभाको निर्वाचन मिति सरकारले तोकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिश अनुसार माघ २४ गते राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
अघिल्लो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको थियो।
निर्वाचन आयोगले माघ २५ गतेसम्म चुनाव गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। आयोगले मिति तोक्नुभन्दा पहिला प्रदेश प्रमुख नियुक्त गर्न पनि सरकारलाई आग्रह गरेको थियो।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश प्रमुखको नियुक्ति गर्न भने अझै केही दिन लाग्ने छ। यद्यपि सरकारले त्यसलाई मौन स्वीकृतिको रुपमा लिएको छ ।
बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्न प्रस्ताव गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया