समाचार हाइलाईट
Home / माेफसल / मोसुद्वारा सुन्दरहरैंचामा आयोजित निःशुल्क आँखा शिविरबाट अठ्तीस जना मोतियाविन्दुका रोगी पहिचान

मोसुद्वारा सुन्दरहरैंचामा आयोजित निःशुल्क आँखा शिविरबाट अठ्तीस जना मोतियाविन्दुका रोगी पहिचान

मोरङसुनसरी डेक्स


इटहरी (सुनसरी), पुस २२ गते । मोरङसुनसरी सेवा समाज, सामाजिक अभियान जनस्वास्थ्य अन्तर्गत अन्धोपन निवारणका निम्ति मोरङसुनसरी सेवा समाजको ११ औं निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैंचा वडा नम्बर २ मा शनिबार आयोजित उक्त निःशुल्क आँखा शिविरमा २ सय १५ जनाको चेकजाँच भएकोमा ३८ जना मोतियाविन्दुका रोगी फेला परेका छन् ।
वडा नम्बर २ को कार्यालयको प्राङ्गण मृगौलियामा मोरङसुनसरी सेवा समाज नेपालद्वारा आयोजित सो ११ औं निःशुल्क आँखा शिविरमा शितलहरको कारणले बढेको चिसोको समेत परवाह नगरी आँखाका रोगी स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त शिविरबाट पहिचान भएका मोतियाविन्दुका रोगीहरुलाई यसै हप्ताभित्र निःशुल्क अप्रेसन भईसक्ने सो गोल्छा आँखा अस्पतालका शिविर प्रमुख सागर कार्कीले बताए ।
कार्यक्रमको प्रारम्भ औपचारिकताबाट गरिएको थियो । औपचारिक कार्यक्रमको सभापति संस्थाका अध्यक्ष रामनाथ भण्डारीले गरेका थिए भने संस्थाका सल्लाहकार संयोजक बद्रीप्रसाद बिमल, पूर्व अध्यक्ष गोकुलबहादुर थापा, गोल्छा आँखा अस्पतालका शिविर प्रमुख सागर, स्थानीय संस्थाहरु सुन्दरहरैंचा–२ वडा जनप्रतिनिधि, शिवपार्वति साकोस अध्यक्ष चित्ररेखा घिमिरे, थानगाछी दुग्ध सहकारी संस्थाका डेगराज जुगेल, गेनाफुल साकोसका कुलविर खवास, आत्मनिर्भर कृषि सहकारी संस्था, ट्रेडभिजन इन्भेष्टमेन्ट प्रा.लि. इटहरी राजु भट्टराई, मृगौलिया कृषि सहकारी संस्था, मृगौलिया युवा क्लब, इष्टर्न स्टार युथ क्लब, लभ्ली एन्जल्स इङ्लीस बोर्डिङ स्कुल, स्वास्थ्य उपचार केन्द्र, शिव पुजन ज्वेलरीलगायत विभिन्न संघसंस्था तथा स्थानीय समाजसेवी तथा बुद्धिजीविहरुको सहभागीता रहेको थियो ।
संस्थाका पूर्व अध्यक्ष गोकुलबहादुर थापाले संस्थाको विषयमा स्थानीयलाई जानकारी गराउनु भएको थियो भने उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए । संस्थाका महासचिव विवेक भट्टराईले सञ्चालन गरेको कार्यक्रमलाई कार्यक्रम संयोजक तथा संस्थाको प्रथम उपाध्यक्ष उर्मिला कार्की बस्नेतले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा रोगीहरुको स्वास्थ्यका लागि उपयोगी तथा प्लान नेपाल फुट्सको उत्पादन स्वास्थ्यबर्धक ‘लिचि जुस’ उक्त संस्थाका प्रतिनिधि सागर कार्कीसहित कार्यक्रमका अतिथिहरुले वितरण गरेका थिए । उक्त जुस प्लान नेपालले निःशुल्क उपलब्ध गराएको थियो ।
कार्यक्रममा उपस्थित संस्थाका पदाधिकारी तथा कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो दिइएको थियो ।
अन्धोपन निवारणका निम्ति मोरङसुनसरी सेवा समाज नेपालको आयोजकत्व तथा मोरङ बचत तथा ऋण सहकारी संस्था लेटाङभोगटेनीको स्थानीय आयोजकत्व÷व्यवस्थापनमा र गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, तिलगंगा आँखा अस्पताल काठमाडौं र फ्रेड हेल्लोज अष्ट्रेलियाको सहयोगमा मोरङ साकोसको निजी भवनमा सो शिविर सञ्चालन भएको हो । विगत केही वर्षदेखि लगातार मोरङसुनसरी सेवा समाजले जनस्वास्थ्य कार्यक्रम अन्तर्गत अन्धोपन निवारणमा सहयोग पु¥याउँदै आएको छ । यिनै संघसंस्थाहरुको साथ र सहयोगबाट गाउँगाउँबाट आँखाका रोगीहरुको उत्साहजनक सहभागिता भएको थियो भने कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग समेतको सहयोग मिलेको थियो ।
औपचारिक कार्यक्रमको समापन तथा शिविर निरन्तरता सञ्चालनका निम्ति आब्ह्वान गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामनाथ भण्डारीले पुसको चिसोका बाबजुद उल्लेख्य सहभागिता हुँदै गएकोमा खुशी व्यक्त गर्दै सम्बद्ध सबैलाई शिविरबाट भरपुर फाइदा उठाउँदै यस क्षेत्रका आँखाका रोगीहरुको न्युनिकरणमा शिविर प्रभावकारी होस् भन्दै अन्तिम अवस्थासम्म बसेर कार्यक्रमलाई सफल पार्न आग्रह सहित कार्यक्रमको समापन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया