समाचार हाइलाईट
Home / राष्ट्रिय / सरकारद्वारा चिसो प्रभावित बाइस जिल्लामा राहत वितरण सुरु

सरकारद्वारा चिसो प्रभावित बाइस जिल्लामा राहत वितरण सुरु

काठमाडौं, पुस २४ गते । केही दिनदेखि बढेको चिसोले प्रभावित भएका २२ जिल्लालाई सरकारले राहत दिने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन गृहमन्त्रालयले तराईका चिसो प्रभावित २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने घोषणा गरेको हो ।
गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रति जिल्लामा १० लाख रुपैंयाको कम्बल र दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको छ । गृहले आजै सरकारको मौजदातमा रहेका कम्बल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ । राहत वितरण आजैबाट सुरु गर्ने गरी तयारी थालिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताएका छन् ।
गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैवीप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको छ । ‘मौजदातमा रहेका न्यानो कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ गृह सचिव सापकोटाले भने, ‘सशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’ गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया