समाचार हाइलाईट
Home / राष्ट्रिय / डा. गोविन्द केसीलाई अदालत उपस्थित हुन सर्वोच्चको आदेश

डा. गोविन्द केसीलाई अदालत उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं, पुस २४ गते । सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।  डा. केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले भोलि मंगलवार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको हो।
सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले अदालतलाई अपहेलना गरेको न्यायाधीशहरुमाथि अपमानजनक शब्द बोलेको भन्दै रिट दर्ता गरेका थिए।
सर्वोच्चले अदालतको अपहेलना गरेको र न्यायाधीशहरुलाई अपमानजनक शब्द प्रयोग गरेकोले किन कार्वाही नगर्ने भन्दै डाक्टर केसीलाई उपस्थित हुन आदेश गरेको हो।
डा. केसीले सोमवारदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया