समाचार हाइलाईट
Home / राष्ट्रिय / देशको कार्यकारी प्रमुखलाई थाहै नदिई अनसन स्थलबाटै राती डा. केसीको गिरफ्तारी

देशको कार्यकारी प्रमुखलाई थाहै नदिई अनसन स्थलबाटै राती डा. केसीको गिरफ्तारी

काठमाडौं, पुस २५ गते । कार्यकारी प्रमुख गृहमन्त्रालयसमेतको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई थाहै नदिई सर्वोच्चको आदेशमा डा. गोविन्द केसी पक्राउ परेका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द केसीले प्रधानमन्त्रीलाई उदृत गर्दै भने– प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा दःख व्यक्त गर्नुभएको छ । डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री दुख व्यक्त गर्नुभएको छ ।
डा. केसी स्वयं मंगलवार अदालत जानु हुन्थ्यो, अपराधीलाई जस्तो गरि पक्राउ गर्नु जरुरी थिएन। डा. केसीको गिरफ्तारी बारे प्रधानमन्त्रीलाई थाहा नदिइएको परियारले बताए ।
सोमवार सर्वोच्च अदालतमा परेको अवहेलना सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले गृहमन्त्रालय र नेपाल प्रहरीलाई आदेश जारी गर्दै मंगलवार डा.केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि डा.केसीलाई प्रहरीले उनको अनशन स्थलबाटै गिरफ्तार गरेको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा अनसन थालेका डा।केसीलाई प्रहरीले गिरफ्तार गरी अनामनगर प्रहरी परिसरमा राखेको छ । केसीले प्रहरी परिसरमै अनशन जारी राखेका छन् ।
मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका केसी सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि आक्रोशित हुँदै अर्को चरणको आमरण अनसनमा बसेका थिए । उनले यसपटक प्रधानन्यायाधीशको राजीनामा मागेर अनसन सुरु गरेलगत्तै अवहेलना मुद्दा दायर भए लगत्तै मुद्दाको सुनुवाइ भएर पक्राउ आदेश जारी भएको हो ।
यसैबीच डा।केसीको आन्दोलनका समर्थकहरुले मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।
यसैगरी नेपाल चिकित्सक संघका महासचिव डा। लोचन कार्कीले विज्ञप्ती जारी गरी अस्पताल परिसरबाटै डा।केसीको गिरफ्तारी भएकोमा दुस्ख व्यक्त गर्दै उनको तत्काल रिहाईको माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया