समाचार हाइलाईट
Home / अर्थ / विराटनगरमा सस्तोमा ब्राण्डेड जुत्ता जुत्ताचप्पल किन्ने अबसर केही दिनमात्र – फुटवेर एस्पोमा १५ देखि ७५ प्रतिशतसम्म छुट

विराटनगरमा सस्तोमा ब्राण्डेड जुत्ता जुत्ताचप्पल किन्ने अबसर केही दिनमात्र – फुटवेर एस्पोमा १५ देखि ७५ प्रतिशतसम्म छुट

विराटनगरमा सस्तोमा ब्राण्डेड जुत्ता जुत्ताचप्पल किन्ने अबसर केही दिनमात्र फुटवेर एस्पोमा १५ देखि ७५ प्रतिशतसम्म छुट January 8, 2018 विराटनगर–तपाईंले विराटनगरमा लागेको सस्तो मेलामा नेपाली जुत्तचप्पल किन्नु भयो ? पूर्वाञ्चल क्षेत्रका उपभोक्तालाई लक्षित गरी जुत्ताघरले सुरु गरेको ‘फुटवेर एस्पो’ सकिन अब केही दिन मात्र बाँकी छ । बिराटनगरको जैन भवनमा चलिरहेको मेला आगामी माघ ६ गतेसम्म लाग्ने छ । मेलामा ७५ प्रतिशत सम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइरहेको आयोजकले जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । पसल पसल धाएर जुत्ता छान्दै हिँड्नु पर्ने अबस्थाबाट उपभोक्तालाई मुक्ति दिन जुत्ता घरले नेपालका चर्चित ५ वटा विभिन्न ब्राण्डका जुत्ताचप्पल एकै ठाउँमा उपलब्ध गराउन मेला आयोजना गरिएको उनले बताए । मेलामा नेपालमा चर्चित शिखर सुज, बिएफ डियर हिल सुज, हाइलाइफ, क्रसरोड, शुल्याण्डलगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । ‘ब्राण्ड, क्वालिटी र मूल्य दाँजेर विभिन्न ब्राण्डका जुत्ता किन्न मेला उपयुक्त अबसर हुन सक्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘यति सस्तोमा जुत्ता किन्ने अबसर फेरि नआउन सक्छ । मेलामा सस्तोमा जुत्ता चप्पल पाएपछि क्रेताहरुको भिड लागि रहेको छ । मेला हेर्न आउनेहरुले निकै सस्तोमा जुत्ताचप्पल पाएपछि आफूलाई बर्षैभरिका लागि चाहिने जुत्ता चप्पल एकै पटक किनेर लगिरहेका छन् । कतिपयले परवारका सबै सदस्यका लागि किनेर लगिरहेका छन् । मेलाबाट फर्किनेहरुले सुनाएपछि आफन्त र छिमेकीहरु समेत जुत्ता चप्पल किन्न आइरहेको देखिएको छ । सस्तोमा जुत्ता चप्पल पाएपछि बिराटनगर आसपासका बासिन्दा जुत्ताचम्पल किन्न मेलामा ओइरिएका छन् । मेलामा अरु पसलमा पाइनेभन्दा १५ देखि ७५ प्रतिशतसम्म छुट दिइएको उपाध्यायले बताए। मेलामा जुत्ता उत्पादकले सिधै जुत्ता बेच्ने भएकाले ‘होलसेलर, डिलर, रिटेलरले खाने नाफा नराखी सिधै बेचिरहेका छन् । त्यसैले सस्तोमा जुत्ता उपलब्ध गराउन सकिएको एक जुत्ता उत्पादकले बताए । मेलामा २ हजारभन्दा बढी डिजाइनका पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युृनिफर्म जुत्ता, डिएमएस बुट, डेलिजका विभिन्न डिजाइनका चप्पल राखिएको छ । सस्तो, बलियो, आरामदायी र हेर्दा आकर्षक भएकाले पछिल्लो समय नेपाली जुत्ता चप्पलको लोकप्रियता बढ्दै गएको छ । नेपाली ब्राण्डले आफ्ना जुत्ताचप्पलमा वारेन्टीसमेत उपलब्ध गराउँछन् । तपाईंले नेपाली जुत्ता लगाउनु भएको छैन भने मेलामा गएर एक पटक अनुभव गर्ने कि ?

फेसबुकबाट तपाईको प्रतिक्रिया