समाचार हाइलाईट
Home / राष्ट्रिय / केसी साधारण तारेखमा रिहा, प्रधानन्यायधिशको नागरिकता र शैक्षिक प्रमाणपत्रका फाइल झिकाउन आदेश

केसी साधारण तारेखमा रिहा, प्रधानन्यायधिशको नागरिकता र शैक्षिक प्रमाणपत्रका फाइल झिकाउन आदेश

काठमाडौं, पुस २७ गते । अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको मागसमेत सम्बोधन गर्दै साधारण तारेखमा केसी रिहा भएका छन् ।
सर्वोच्च अदालतका न्यायधिश द्वय पुरुषोत्तम भण्डारी र बम कुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानन्यायधिश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिँदै केसीको स्वास्थ्यस्थितिका कारण साधारण तारेखमा छोड्न आदेश दिएको हो । केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

अदालतकाे अादेशमा भनिएको छ- गोपाल पराजुलीकाे नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी  झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू।

अदालत शशी शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत मागेको छ।

सर्वोच्चले गोविन्द केसीले बयानमा न्यायसम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन। स्वच्छ अालोचनामात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको हुँ भनेका कारण उनको स्वास्थ्य अवस्थालाई विचार गर्दै पछि ठहरबमोजिम हुने गरी रिहा गर्न अादेश दिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया