समाचार हाइलाईट
Home / राजनीति / माओवादी केन्द्रले सरकार छाड्यो

माओवादी केन्द्रले सरकार छाड्यो

फाइल फोटो

काठमाडौं, पुस २८ गते । निर्वाचनको सुनिश्चितता नभएसम्म सरकारबाट नहट्ने प्रणका साथ विनाविभागीय भएर बसेको १ सय १७ दिनपछि माओवादीले सामूहिक रुपमा सरकार छाडेको छ । सरकारमा गएको आठ महिनापछि  माओवादी सरकारबाट बाहिरिएकाे हाे ।

विनविभागीय जिम्मेवारीमा रहेका गिरिराजमणि पोखरेलले  ‘बिहीबार नै हामीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको थियो,’ उनले भने, ‘सार्वजनिक बिदा परेकाले शुक्रबार पार्टीको पत्र प्रधानमन्त्रीकहाँ पुगेको छ  ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा माओवादी सरकारमा नरहेको पत्र पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

यी हुन् सरकारबाट बाहिरिएका माओवादी मन्त्रीहरु

मन्त्रीहरु राज्यमन्त्री
कृष्णबहादुर महरा मोहम्मद जाकिर हुसेन
जनार्दन शर्मा रामसिंह यादव
शिवकुमार मण्डल केवट श्यामकुमार श्रेष्ठ
सन्तकुमार थारु कर्णबहादुर विक
प्रभु शाह छमबहादुर गुरुङ
आशा कोइराला गोमा कुँवर
महेन्द्रबहादुर शाही वाङदी शेर्पा
गिरिराजमणि पोखरेल
टेकबहादुर बस्नेत

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई अब सरकारमै राखिरहन ‘औचित्यपूर्ण’ नहुने निष्कर्ष निकाल्दै फिर्ता बोलाएको हो । माओवादीका नौ मन्त्री र सात राज्यमन्त्री मन्त्रिमण्डलमा सहभागी थिए । उनीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मा जिम्मेवारीमुक्त गरेका थिए ।

चुनावपछि नयाँ जनादेशका आधारमा प्रधानमन्त्री आफैँले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने अपेक्षामा रहे पनि त्यसो नगरेकाले पार्टीले मन्त्री फिर्ता बोलाएको उनले बताए । ‘नयाँ जनादेशपछि प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने हो, त्यसैमा हाम्रो निकास हुन्छ भन्ने थियो तर ढिला हुँदै गएकाले त्यहाँ बसिरहनु औचित्य रहेन’, उनले भने ।

कांग्रेस–माओवादी ‘आलोपालो’ सरकार चलाउने निर्णयका साथ देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थियो । माओवादीले असोज १७ मा सरकारमै रहेर तात्कालीन प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेल गर्ने र पार्टी एकता नै गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई सरकारबाट हट्न त्यसबेलै दबाब बढेको थियो । तर पनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन ।

logo

फेसबुकबाट तपाईको प्रतिक्रिया