समाचार हाइलाईट
Home / Uncategorized / कांग्रेसको कमजोर प्रस्तुति : पूर्व उपप्रधानमन्त्री सिंह

कांग्रेसको कमजोर प्रस्तुति : पूर्व उपप्रधानमन्त्री सिंह

prakashman

काठमाडौं, असोज १५ । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले भने–काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ । नेता सिंहले “स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,” भन्दै काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न औंल्याएका छन् ।
पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था हो भन्नुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया