समाचार हाइलाईट
Home / प्रविधि / जनावर संरक्षणका निम्ति पोखरी निर्माण

जनावर संरक्षणका निम्ति पोखरी निर्माण

फाइल तस्बिर

रुकुम, जेठ १८ गते । जिल्ला समन्वय समिति अन्गर्तत जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा विभिन्न जंगलमा जनावर संरक्षणका लागि पोखरी निर्माण गरिएको छ ।
पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि जङ्गलमा पोखरी निर्माण गरिएको कार्यक्रम संयोजक भक्त भण्डारी बताएका छन् ।
जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो ।

खानेपानी अभावका कारण जङ्गलमा जनावरको मृत्यु हुन थालेपछि त्यहाँस्थित सिम्सार क्षेत्र र पानीको स्रोत सानो भएको ठाउँमा उक्त पोखरी निर्माण गरिएको भण्डारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया