समाचार हाइलाईट
Home / कला/साहित्य / नायिका निशा र शरद भेषवाकर क्रिकेटर वैवाहिक बन्धनमा

नायिका निशा र शरद भेषवाकर क्रिकेटर वैवाहिक बन्धनमा

काठमाडौं, असार १७ गते ।  निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल मात्र नभएर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने नायिकाले लामो समयदेखिको प्रेमी नेपाली क्रिकेटर शरद भेषवाकरसँग अन्नपूर्ण होटलमा वैवाहिक बन्धनमा बाँधिएकी छन् ।
चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी निसा अभिनेत्री बन्नुपुर्व मोडेल थिइन् । सन् २०१३ मे १ का दिन सगरमाथाको सफल आरोहन गरेर चर्चा कमाउने सफल  निसाले आधा दर्जन टेलिचलचित्रमा अभिनय गरेकी छन् भने डेढ दर्जनबढी नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी छन् । बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया