समाचार हाइलाईट
Home / प्रविधि / विद्युत प्राधिकरणको लापरवाही र गैरजिम्मेवारले सर्वसाधारण मारमा

विद्युत प्राधिकरणको लापरवाही र गैरजिम्मेवारले सर्वसाधारण मारमा

काठमाडौं, साउन ०३ गते । एक हप्ता भन्दा बढी समयसम्म विद्युत वितरण प्रणालीमा देखिएको लापरवाहीपूर्ण विद्युत कटौतीले सर्वसाधारण तथा व्यवसायी मारमा परेका छन् ।
मोरङ र सुनसरीका विभिन्न स्थानमा रहेका औद्योगिक प्रतिष्ठान, साना तथा मझौला उद्योग, साधारण व्यवसायी देखि सर्वसाधारणहरुले विद्यूत अनियमितताबाट ठूलो क्षति व्यहोर्नु परेको बताउँछन् ।
विद्यूत, खानेपानी जस्ता विषयमा भवितव्य बाहेक सामान्य अवस्थामा कारण र समय खुलाएर सूचित गरेर मात्र कटौति गर्नुपर्ने मान्यताका विरुद्धमा यतिखेर दैनिक दर्जनौं पटक अनियमित रुपमा गईरहेको विद्युत कटौतिले सर्वसाधारण, उद्योगी व्यवसायी मारमा परेका हुन् ।
अधिकांश सर्वसाधारणका घर तथा पसलमा विद्युतीय जडानबाट चलाईएको मेसिनरी सामानहरु विद्यूतमा देखिएका अनियमितता तथा भोल्टेज अपडाउनको कारणले खराबी भएर आर्थिक क्षति व्योहोर्नु परेका गुनासाहरु राष्ट्रिय युवा जागरण अनलाईन पत्रिकामा आईरहेका छन् ।
विद्युत विकास विभागको २४ औं वार्षिकोत्सवबाट लोडसेडिङ मुक्त गराउने अभ्यासमा ‘हिरो’ बनेका कुलमान घिसिङसहित दर्जनौं निजी तथा सरकारी विद्यूत उर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरु सम्मानित हुँदै गर्दा विद्युतमा देखिएको अनियमितता, लापरवाहि र गैरजिम्मेवार विद्युत कटौतिले पुनः निरासा छाएको छ ।
अधिकांश समय भोल्टेज नै नहुने, भोल्टेज आइहाल्यो भने पनि हाईभोल्टेज आएर कुनै न कुनै क्षति भईहाल्ने गरिरहेको झण्डै एकहप्ता भईसकेको पीडित सर्वसाधारण तथा व्यवसायीहरु बताउँछन् ।
विद्युतमा देखिएको अनियमितताबाट पीडित बनेका स्थानीयबासीहरु विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउन प्राधिकरणसम्म पुगिसकेका छन् । मोरङको उर्लाबारीका स्थानीयबासी तथा व्यवसायीहरुले त्यहाँस्थित विद्युत प्राधिकरणको ध्यानाकर्षण गरिसकेका छन् । यद्यपि पुराना ट्रान्समिटर र भार बढी हुने समस्याले विद्युतमा अनियमितता देखिए पनि समस्या चाँडै समधान हुने आश्वासन भने सम्बन्ध प्राधिकरणका कर्मचारीले दिइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया