समाचार हाइलाईट
Home / अर्थ / तरकारीजन्य उत्पादन बन्दाकोभि पनि स्वास्थ्यका लागि हानिकारक

तरकारीजन्य उत्पादन बन्दाकोभि पनि स्वास्थ्यका लागि हानिकारक

विराटनगर, साउन १७ गते । तरकारीजन्य उत्पादनमा आलुझै बहुउपयोगी बनिरहेको बन्दाकोभी पनि स्वास्थ्यका लागि हानिकारक रहेको डाक्टरहरुले बताएका छन् ।
बन्दाकोभीको पातभित्रसम्म टेपवर्मकिराहरु पस्ने, अण्डा पार्ने हुँनाले बन्दाकोभी खाँदा टेपवर्म किराहरु शारिरभित्र प्रवेश गर्ने शरिरलाई विभिन्न किसिमको इन्फेक्सन गराउने भारतको एम्स हस्पिटल, कम्यूनिटी मेडिसिन डिपार्टमेन्टका डा. सूर्याबाली बताउाछन् ।
तरकारीमा, सलादमा, नुडल्स्मा, अचारमा मिसाएर खान सकिने बन्दागोभी अब नखान डाक्टरहरुको सल्लाह रहेको छ । किनकी बन्दाकोभी हामी अत्याधिक काँचो नै प्रयोग गर्ने र पकाउँदा पनि धेरै नपाउने गर्नाले त्यसमा रहेका किराहरु शरिरमा प्रवेश गरी विभिन्न किसिमको इन्फेक्सन गराउन डाक्टर बताउँछन् ।
वर्षायाममा बन्दागोभी खाँदै नखान सल्लाह दिन्छन् चिकित्सकहरु । पातको भित्रसम्म टेपवर्म किराहरु पस्ने, अण्डा पार्ने हुँनाले बन्दागोभी खाँदा टेपवर्म हाम्रो शरिरमा प्रवेश गर्ने र विभिन्न इन्फेक्शन हुने सूर्याबालीको दावी छ ।
डा. सूर्याबालीले वर्षायाममा बन्दाकोभीलाई तरकारी वा सलादको रुपमा खादा पेटमा जुका पर्ने, पखाला लाग्नेलगायतका रोग लाग्ने हुँनाले नखान सुझाव दिएका हुन् । उनका अनुसार, वर्षायाममा हामीले देख्न नसक्ने गरी बन्दाकोभीको पत्ता भित्रसम्म टेपवर्म नामक किरा हुन्छन, ती किराले अण्डा पारेको हामीले देख्दैनौं । राम्रोसँग नपखालेको वा राम्रोसँग नपाकेको तरकारी वा सलाद खादा टेपवर्म किरा सिधै हाम्रो पेट हुँदै ब्रेनसम्म जाने र विभिन्न प्रकार इन्फेक्शन हुने, ज्यान जाने गरेको तथ्य छ सूर्याबालीसँग ।
सामान्य तापक्रममा टेपवर्म मर्दैनन् । शरिरमा छिरेभने यी सिधै ब्रेनसम्म गएर ज्यानै गएका घटना भएको हुनाले बन्दाकोभी खान नहुँने बताएका हुन उनले । खानै परेपनि राम्रोसँग पखालेर र निकैबेर पकाएर मात्र खान मिल्ने भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया