समाचार हाइलाईट
Home / अन्तर्राष्ट्रिय / सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री सिनावत्रालाई पक्राउ आदेश

सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री सिनावत्रालाई पक्राउ आदेश

एजेन्सी । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ ।

आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतले शुक्रवार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ ।  पारिवारीक स्रोतका अनुसार उनी दुबइ गइसकेकी छन्।

छ वर्षअघि उक्त मुद्दा शिनावातको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित रहेको बताइएको छ ।  उनी सन् २०११ मा थाइल्याण्डकी पहिलो महिला प्रधानमन्त्री भएकी थिइन्।

थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाएको छ । दोषी ठहर भएमा ५० वर्षाय शिनावात्राले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया