समाचार हाइलाईट
Home / अन्तर्राष्ट्रिय / उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त परिक्षण

उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त परिक्षण

एजेन्सी, भदौ १० गते । उत्तर कोरियाले आज बिहानै छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकी र दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन ‘सीजीटीएन’ले दिएको खबरअनुसार, उत्तर कोरियाले आज बिहान आधा घण्टाभित्र छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको हो ।
दक्षिण कोरियाली अधिकारीका अनुसार, उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो ।
अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो मात्रै विस्फोट भएको दावी गरेका छन् । अमेरिकी सेनाले उत्तर कोरियाले हाल परीक्षण गरेको क्षेप्यास्त्र ‘गुआम’का लागि खतरा नरहेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया