समाचार हाइलाईट
Home / माेफसल / म्युजिक भिडियोको प्रलोभनमा बलात्कार

म्युजिक भिडियोको प्रलोभनमा बलात्कार

तुलसीपुर (दाङ), असोज ११ गते । तुलसीपुरको दाङमा म्युजिक भिडियोको आस देखाएर एक युवति सामूहिक बलात्कारको शिकार भएकी छन् ।
बाँकेबाट झिकाइएकी उक्त युवतीलाई म्यूजिक भिडियोमा खेल्न अवसर दिने भन्दै बोलाएर तुलसीपुरमा सामुहिक बलात्कार भएको दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।
बलात्कारका आरोपित दुई युवा पक्राउ परेको प्रहरीले जनाएको छ। तुलसीपुरस्थित एक होटलमा राति ती युवतीमाथि बलात्कार भएको र यसमा होटलका कर्मचारीको पनि संलग्नता रहेको एसपी सिंहले जानकारी दिइन्।
‘म्यूजिक भिडियोको प्रलोभनमा पारेर युवतीलाई दाङमा झिकाएर मदिराले मातेपछि सामुहिक बलात्कार भएको देखिएको छ,’ एसपी सिंहले भनिन्। पक्राउ परेका दुबै जनाविरुद्ध जवरजस्ती करणी सम्बन्धि मुद्दा दायर गरिएको पनि प्रहरीले जनाकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरुको परिचय प्रहरीले गोप्यनै राखेको छ। तर, पक्राउ पर्ने दुबैजना तुलसीपुर निवासी रहेको प्रहरी स्रोतले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया