समाचार हाइलाईट
Home / विविध / तीन बाम एक ठाम भएकै रात काठमाडौंमा भुइचालो

तीन बाम एक ठाम भएकै रात काठमाडौंमा भुइचालो

काठमाडौं, असोज १८ गते । बेलुकी राष्ट्रिय सभागृह तीन वामको चुनावी तालमेलसहित सहमति गर्न भव्य कार्यक्रमको आयोजना सकेर आनन्दले सुतेका वामहरुहरुलाई पुनः २ बजेर ५ जाँदा भुइँचालोले झक्झक्याई दियो ।
दुई सेकेन्ड जति मात्र हल्लाएको सो भुकम्पको केन्द्र विन्दु काठमाडौं नै रहेको खुलेको छ । भूकम्प मापन केन्द्रका अनुसार गएको धक्का ३.७ म्याग्निच्युडको रहेको समेत खुलेको छ ।
यो २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको भुइँचालोको परकम्पन हो वा नयाँ भुइँचालो हो भन्ने पनि खुलेको छैन। दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया