समाचार हाइलाईट
Home / अन्तर्राष्ट्रिय / टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

टेक्सास, कात्तिक २० गते ।  –  अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो। घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ।

उक्त गोली काण्डलार्इ टेक्सासका गर्भनरले इतिहासकै ठूलो नरसंहार भएको बताएका छन् । उक्त गोलीकाण्डमा बन्धुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

एकजना प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले लगातार २० राउण्ड गोली चलाएको एपीमा उल्लेख छ । उक्त गोलीकाण्डमा गिर्जाघरका पादरीकी छोरीको समेत मृत्यु भएको बताइएको छ।

अमेरिकी इतिहासकै सबैभन्दा खराबमध्येको गोलीकाण्डमा लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा ५८ जनाले ज्यान गुमाएको झण्डै एक महिनापछि त्यस्तै प्रकृतिको पछिल्लो घटना भएको हो। घटना के कारणले भएको भन्ने खुलेको छैन्।

अमेरिकाको टेक्सास राज्यको एउटा गिर्जाघरमा आइतबार गोली चल्दा २६ जनाको ज्यान गएको छ।
टेक्सासको सानो सहर विल्सन काउन्टीमा रहेको एउटा बाप्टिस्ट चर्चमा यो घटना भएको थियो। चर्चमा प्रार्थनासभाका लागि गएका श्रद्धालुमाथि प्रार्थना चलिरहेको अवस्थामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सो स्थान सान एन्टोनियो सहरदेखि करिब ५० किलोमिटर दक्षिण–पूर्वमा पर्छ । अहिले घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।
प्रहरीका अनुसार गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ । आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ । २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया