समाचार हाइलाईट
Home / अर्थ / देशकै पहिलो अर्नानिक चियाँ कम्पनीमा महिला कामदार अत्याधिक

देशकै पहिलो अर्नानिक चियाँ कम्पनीमा महिला कामदार अत्याधिक

रुजु खतिवडा

पाँचथर । देशकै पहिलो अर्गानिक चिया कम्पनीले ७० प्रतिशत महिलालाई रोजगार दिएको छ । जिल्लाको पहिलो र ठूलो चिया बगानको रुपमा स्थापित कञ्चनजंघा टी–स्टेट एण्ड रिसर्च सेन्टर प्रा.लीले ७० प्रतिशत महिला कामदारलाई रोजगार दिएको कम्पनीका निर्देशक निरानन्द आचार्यले बताए ।

चिया बगान र उद्योगमा कामगर्ने मजदुरहरूमा महिलाहरू छिटो, भरपर्दो र निरन्तर काम गर्ने भएकोले महिला कामदारको संख्या बढि भएको उनले बताए ।
‘चिया बगान र कम्पनीमा कार्यरत १ सय ५० मजदुरहरू मध्य ७० प्रतिशत महिला मजदुर छन्’ कम्पनीका निर्देशक आचार्यले भने ।

महिलाहरूको तुलनामा चिया बगान र कम्पनीमा पुरुषहरू काम नै गर्न नसक्ने भएकाले महिला कामदारको संख्या बढी रहेको आचार्यको भनाइ छ ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. १, ७ र ८ मा करिव १४ सय बढि रोपनी जग्गामा रहेको कम्पनीको निजी चिया बगानमा उत्पादित एक लाख ५० हजार केजी हरियो चिया टिप्ने र व्यवस्थापन गर्ने सवै काम प्राय जसो महिलाहरूले नै गर्ने गरेको आचार्यले बताए ।

‘कम्पनीले ज्याला सहित अन्य विभिन्न आकर्षक सेवा र सुविधाहरू समेत दिएको छ’ रनमाया वि.कले भनिन् । २०५१ सालमा स्थापना भएकोे कारखानामा आफु जस्ता थुप्रै महिलाहरूका लागि दैनिक गुजारको एक मात्र बाटो भएको विक बताउछिन् ।

कम्पनीको बगानको चियाको पत्ति टिप्ने रोलिङ गर्ने, फर्माटेसन, डायर सटिङ, ग्रेडिङ, प्याकेजिङ जस्ता काम महिलाहरूले गर्ने गरेकोे वि.क बताउछिन् ।
कम्पनीले आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई रोजगारी दिएको वताउँछिन् पार्वता ओझा । उनका अनुसार दैनिक मजदुरी गरेवाफत २ सय ५३ रुपैयाँ तलव दिने गरेको बताईन् ।

जिल्लामा करिव ११ सय चिया कृषकले पाँचथर जिल्लामा १० हजार ३ सय २३ रोपनी क्षेत्रफलमा चिया खेती गर्ने गरेकोे चिया तथा कफी विकास बोर्ड पाँचथरले जनाएको छ । जिल्लामा अहिले करिब एक दर्जन चिया प्रशोधन कारखानाहरू छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया