समाचार हाइलाईट
Home / खेलकुद / एसीसी अन्डर १९ एसिया कपमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

एसीसी अन्डर १९ एसिया कपमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, कात्तिक २६ गते । मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ।
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो।
नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८।८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो। भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले सर्वाधिक ४६ रन जोडे। ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। आदित्य ठाक्रेले १३ रन बनाए भने मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भए।
अनुज रावलले १८ रन जोडे भने तनुस कोइटेन शून्य रनमा आउट भए। अभिशेक शर्माले २७ रन बनाउँदा मन्दीप सिंह शून्यमा आउट भए।
नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।
कप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत चौथो विकेट लिने क्रममा नेपाललाई नवौ सफलता हात पारे। यसअघि कप्तान दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सातौ विकेट लिएका थिए। यसअघि नेपालका पवन सरार्फ२ विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए। त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले १(१ विकेट लिएका छन्।
भारतका लागि हिमांशु रानाले सर्वाधिक ४६ रन बनाएर आउट भएका थिए भने कलराले ३५ रन बनाएर आउट भए। आथार्वा टाइडे १३ रन बनाउँदा सलमान खान शून्यमा आउट भए। नेपालले दिएको १८६ रनको लक्ष्य भारतले पछ्याइरहेको छ। यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। जवाफी ब्याटिङ थालेको भारतले राम्रो सुरूवात गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया