समाचार हाइलाईट
Home / अन्तर्राष्ट्रिय / महाभुकम्पको चपेटामा इराक र इरान, सैयौंको निधन, ठूलो क्षति

महाभुकम्पको चपेटामा इराक र इरान, सैयौंको निधन, ठूलो क्षति

एजेन्सी
इराक, कात्तिक २७ गते । इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा सैयौंको ज्यान गईसकेको छ । समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्पले त्यहाँको जनजिवन अस्तव्यस्त बनाएको छ र लाखौं मान्छे घरवारविहिन भएका छन् । ठूलोक्षति भएको आँकलन गरिएको छ ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार इराकको कस्बे हलब्जाभन्दा ३२ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन्। भूकम्पको तीब्रतासँगै सो क्षेत्रमा मानिसहरुको भागदौड मच्चिएको थियो।
भूकम्पले घरहरु भत्किएका छन्। त्यहाँका प्रहरी प्रशासनले उद्धार कार्य गरिरहेका छन्। निधन हुनेको संख्या बढ्ने सरकारी अधिकारीहरुले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया