समाचार हाइलाईट
Home / अन्तर्राष्ट्रिय / २०१८ को विश्वकपका लागि ३२ राष्ट्र छनौट, इटली बाहिरिँदा लाखौं समर्थक निराश

२०१८ को विश्वकपका लागि ३२ राष्ट्र छनौट, इटली बाहिरिँदा लाखौं समर्थक निराश

विश्वकप छनौटमा नपरेपछिको खेल मैदानमा इटलीका खेलाडीको अवस्था /

काठमाडौं, मंसिर ०१ ।  फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि ३२ राष्ट्रको टुंगो लागेको छ । यता छ दशक लामो फिफा विश्वकप फुटबलको इतिहास बोकेको इटलीले यस पटक छनौटमा नपरेपछि लाखौं समर्थकहरु निराश बनेका छन् ।

विश्वकपमा छानिएका ३२ राष्ट्रका टिमलाई आगामी मंसिर १५ मा ८ समूहमा विभाजन गरिनेछन्। प्रत्येक समूहमा ४–४ टिम हुनेछन्। छानिएका ३२ टिमलाई चार पोर्टमा विभाजन गरिनेछन्। प्रत्येक समूहमा चार पोर्टका १–१ टिम पर्नेछन्।

समूह विभाजन गत अक्टोबरको फिफा वरीयताका आधारमा गरिनेछ। शीर्ष वरीयताका टिम पोर्ट १ मा पर्नेछन्।

अन्य पोर्टमा पनि वरीयताका आधारमा टिमलाई राखिनेछ। आयोजक रसियालाई भने पोर्ट १ मा राखिएको छ। विश्वकप फुटबल आगामी १४ जुनदेखि १५ जुलाईसम्म रसियाका विभिन्न ११ शरहका १२ रंगशालामा खेल हुनेछन्।

विश्वकपमा छनोट भएका टिम :

अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट

एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया

युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क

उत्तर, मध्य अमेरिका तथा क्यारेबियन– मेक्सिको, कोस्टारिका र पानामा

दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया

फेसबुकबाट तपाईको प्रतिक्रिया