समाचार हाइलाईट
Home / समाज / आजै चार बजे दाहालको आर्यघाटमा दाहसंस्कार हुने

आजै चार बजे दाहालको आर्यघाटमा दाहसंस्कार हुने

काठमाडौं, मंसिर ३ गते ।  एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।  श्रद्धाञ्जलीका लागि माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेका छन् ।

प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्। त्यसअघि दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिनेछ। भुषालका अनुसार दिउँसो १ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ। अहिले पुष्पकमल दाहालसहित परिवारका सदस्यहरु र प्रमुख दलका शीर्ष नेताहरु नर्भिक अस्पताल पुगेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया