समाचार हाइलाईट
Home / समाज / छोराको पार्थीव शरिरलाई प्रचण्डले दिए दागबत्ती

छोराको पार्थीव शरिरलाई प्रचण्डले दिए दागबत्ती

काठमाडौं, मंसिर ३ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आजै अन्तिम दाह संस्कार गरिएको छ ।
आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए । प्रचण्डले हिन्दु परम्परा अनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका थिए ।
त्यसअघि प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार घण्टा राखिएको थियो ।
पार्टी कार्यलयमा दाहाललाई अन्तिम श्रद्धान्जलि दिन माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेस, एमाले नयाँ शक्तिलगायत पार्टीका शीर्ष नेता पुगेका थिए । २०३६ सालमा जन्मिएका प्रकाश २०५७ सालबाट पार्टीको पुर्णकालिन सदस्य बनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया