समाचार हाइलाईट
Home / महिला / घरेलु हिंसाका कारण शिक्षिका छोरीसहित इनारमा

घरेलु हिंसाका कारण शिक्षिका छोरीसहित इनारमा

मादक पदार्थ सेवनबाट कुटपिट, गालिगलौज गर्दै आएको श्रीमानको ज्यादति र सासुससुराको दाईजोको सँधैको गनगन र अमानविय व्यवहारले पराकाष्टा नाघेपछि ६ वर्षीया छोरीलाई कम्मरमा बाँधेर इनारमा एक महिलाले ज्यान गुमाएकी छन् ।
सामाजिक अपराध अन्तर्गत रहेको घरेलु हिंसा हुनका कारणहरु समाजमा धेरै छन् । त्यसमध्ये अधिकांश महिलामाथि हुने घरेलु हिंसा मादक पदार्थ सेवन, यौन र दाइजो नै मुख्य रुपमा आएका छन् । यस्तै घटनाको प्रतिनिधि पात्रको रुपमा उभिएकी छन्– ८ वर्ष पहिला वैवाहिक बन्धनमा बाँधिएका शिक्षा पेशा गर्ने भारतको रेवाडीकी महिला । सरिता नाम गरेकी ३० वर्षीया उक्त महिलाले श्रीमानले सँधैभरि मादक पदार्थ खाएर आएपछि कुटपिट गर्ने, अनैतिक र अमानविय व्यहार गर्ने गरेको र सोही व्यवहार दाइजोको नाममा सासु र ससुराले समेत गर्ने क्रम बढ्दै गएपछि जिन्दगीबाट अघाएर उनले आफू र आफ्नो बच्चासहित इनारमा डुबेर मृत्यु हुन पुगेको बताइएको छ ।
आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृतक महिलाका आफन्त तथा माइति मिलेर श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएर मुद्दा दायर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया