समाचार हाइलाईट
Home / महिला / सुनसरी तीनका बासिन्दालाई भगवती चौधरीको अपिल
सुनसरी क्षेत्र नम्बर तीन बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका चुनावी मैदानमा उत्रिएकी उम्मेदवार भगवती चौधरी ।

सुनसरी तीनका बासिन्दालाई भगवती चौधरीको अपिल

काठमाडौं, मंसिर १२ गते । सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले जनताका नाममा अपिल गरेकी छन् ।
सदावहार मन्त्री विजय कुमार गच्छेदारलाई सुनसरी क्षेत्र नम्वर ३ मा दर्विलो टक्कर दिइरहेकी वामपन्थी साझा उम्मेदवार  एमाले नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मर्मस्पदर्शी अपिल गरेकी हुन् । आफूलाई एक पटक अवसर दिन मतदातालाई आग्रह गर्दै सुनसरी क्षेत्र नम्वर ३ लाई देशकै नमूना क्षेत्र वनाउने प्रतिवद्धता समेत जनाएकी छन् । आफू सुनसरी क्षेत्र नम्वर ३ कि छोरी जनताको मतको वलले देशकै छोरी वनेर विकास र सम्वृद्धिमा योगदान दिने अपिलमा उल्लेख छ ।

यो क्षेत्रका जनताले दु ख पाउदा मेरो मन दुख्छ । पीडावोध हुन्छ । म सघै तपाईको अनुहारमा खुशि छाएको देख्न चाहन्छु । तपाईका सपना पुरा भएको हेर्न चाहन्छु । त्यसैले म तपाईकै छोरी,वुहारी,दिदी,वहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र सम्वृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचाका साथ चुनावी मैदानमा छु । सुनसरी तीनका वासिन्दाले पटक पटक हेरयौ,अव एक पटक मलाई हेर्नुहोस ।

गच्छेदारले २२ बर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउने चौधरीको अपिलमा उल्लेख छ । बाँकी के के भनेकी छन् त अपिलमा चौधरीले–

सुनसरी क्षेत्र नम्वर तीनबासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु,
सुनसरी क्षेत्र नम्वर ३ मा वाम गठवन्धनको तर्फवाट उमेदवार वन्न पाउदा मलाई गर्ववोध भएको छ । म तपाईकै अगाडी हुर्केवढेकी छोरी, वुहारी, दिदी, वहिनी भगवती चौधरी तपाईको आर्शिवाद र मत लिएर सुनसरी क्षेत्र नम्वर ३ को विकास र सम्वृद्धिका लागि लागि पर्न चाहन्छु ।
सुनसरी क्षेत्र नम्वर ३ सँग मेरो जीवन जोडिएको छ ।त्यसैले म ब्यक्तिगत स्थार्थलाई तीलाञ्जली दिएर यो क्षेत्रको विकास र सम्वृद्धिको लागि कुनै कसर वाँकी राख्ने छैन । मेरो उदेश्य भनेको यो क्षेत्रका जनताको अनुहारमा मुस्कान र आँगनमा खुशियाली ल्याउनु हो । यस क्षेत्रका जनताको म प्रतिको अगाध माया,ममता र अपेक्षाले मलाई जस्तो सुकै जटिल अवस्थामा पनि बिचलित गराएको छैन । त्यसैले तपाईको म प्रतिको अपेक्षालाई ब्यवहारमै उतारेर सुनसरी क्षेत्र नम्वर तीनलाई देशकै नमूना क्षेत्र वनाउने प्रतिवद्धता जनाउछु । मेरो यो प्रतिवद्धता फगत चुनावमा भोट तान्नका लागि मात्र होइन,ब्यवहारमै उर्तानका लागि हो । किनकी सुनसरी क्षेत्र नम्वर तीन र यो क्षेत्रको विकास र सम्वृद्धिको सपना मेरो रगतमै हर समय वगिरहेको छ । तपाईको म प्रतिको विश्वासले मलाई झन उर्जा प्रदान गरिरहेको छ ।

सुनसरी क्षेत्र नम्वर तीनले पटक पटक जीताएर पठाएका प्रतिनिधि पटक पटक राज्यसत्ताको मन्त्री,उपप्रधानमन्त्री वनेकै हुन । यो क्षेत्रका वासिन्दाले आफना प्रतिनिधि त्यो ठाँउमा पुग्दा गौरववोध पनि गरेकै हुन । तर उहाँ प्रति जनताले राखेको अपेक्षा,विकासको सपना सपनामै सिमित वन्यो । यो क्षेत्रले विकास र सम्वृद्धिको उज्यालो अनुभुति गर्न सकेन । यो क्षेत्रको गाँउ गाँउका वासिन्दाले पनि कालोपत्रे गरेको चिल्लो सडकमा गुडने अपेक्षा गरेका छन । घरमै वसेर आमाले पकाएको खाना खाएर प्राविधिक शिक्षा पढन चाहेका छन । त्यसका लागि आफनै गाँउ ठाँउमा प्राविधिक कलेज होस भन्ने सपना छ । क्षेत्र नम्वर तीनका अदम्य शाहष सहितका युवाले यहि ठाँउमा रोजगार पाउन सकियोस भन्ने आशा संगालेका छन । प्रत्येक वडा जोडने चक्रपथ वनोस वन्ने जनताको चाहना छ । तर यस अघि जीताएका प्रतिनिधि वाट ती सपना,चाहना पुरा हुने कुनै काम भएन ।

यो क्षेत्रका जनताले दु ख पाउदा मेरो मन दुख्छ । पीडावोध हुन्छ । म सघै तपाईको अनुहारमा खुशि छाएको देख्न चाहन्छु । तपाईका सपना पुरा भएको हेर्न चाहन्छु । त्यसैले म तपाईकै छोरी,वुहारी,दिदी,वहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र सम्वृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचाका साथ चुनावी मैदानमा छु । सुनसरी तीनका वासिन्दाले पटक पटक हेरयौ,अव एक पटक मलाई हेर्नुहोस ।

सुनसरी क्षेत्र नम्वर ३ लाई देशकै उदाहरणीय वनाउने मेरो योजना र सपनालाई साकार वनाउन तपाईको साथ सहयोग विना असम्भव छ । त्यसैले तपाईको आर्शिवाद,साथ,सहयोग र मत लिएर यो क्षेत्रलाई नमूना वनाउदै सुनसरी ३ की छोरी म भगवति चौधरी देशकै छोरी वन्न चाहन्छु ।

चुनाव प्रचार प्रसारका क्रममा तपाईलाई भेटेरै मेरा सपना र योजना सुनाउने,तपाईको सुझाव सल्लाह लिने र तपाईको अमूल्य मत माग्ने चाहना थियो । चुनाव प्रसार प्रसारका क्रममा त्यसमा कमि कमजोरी हुन पुग्यो होला । त्यसैले यो पत्र मार्फत तपाई सँग आइपुगेकी छु । तपाईको आर्शिवादको अपेक्षा गर्दछु । तपाईको अमूल्य मायाँ,स्नेह र विश्वासलाई हृदयमा संगालेर अघि वढने छु । मलाई विश्वास छ तपाई लगायत तपाईको परिवार र आफन्तहरुको अमूल्य मत प्राप्त गर्नेछु ।

सुनसरी क्षेत्र नम्वर तीन क तर्फवाट लिलम वस्नेत र ख तर्फका रामदेव यादवको दर्विलो साथ र सहयोगले सुनसरी क्षेत्र नम्वर तीनको विकास र सम्वृद्धिको लागि कुनै कसर वाँकी नराखि काम गर्नेछौ । त्यसैले म भगवति चौधरीलाई प्रतिनिधिसभाका लागि लिलम वस्नेतलाई प्रदेशसभा क का लागि र रामदेव यादवलाई प्रदेश सभा ख का लागि सूर्य चिन्हमा मतदान गरि विजयी गराउनुहुन अनुरोध गर्दछु । तपाईको सेवा गर्ने अवसर दिनुहोस, हामी तपाईको मतको मात्र होइन मनको पनि प्रतिनिधित्व गर्नेछौ । तपाईको खुशीनै हाम्रो खुशी हो । हामी क्षेत्र नम्वर ३ का वासिन्दा हौ भन्दा गर्वले शीर ठाडो वनाउने अवस्थाको सृजना गर्ने छौ ।
अरु कुरा भेटमा गरौला । अहिलेलाई विदा माग्छु ।

उही तपाईकै छोरी,वुहारी,दिदी,वहिनी
भगवती चौधरी
उम्मेदवार, प्रतिनिधिसभा, सुनसरी क्षेत्र नम्वर ३

फेसबुकबाट तपाईको प्रतिक्रिया