समाचार हाइलाईट
Home / माेफसल / त्रिशुलीमा बस खस्दा सातजनाको निधन, दुई जना गम्भिर

त्रिशुलीमा बस खस्दा सातजनाको निधन, दुई जना गम्भिर

काठमाडौं, मंसिर १३ गते । काठमाडौंको बालाजुबाट २६ जना यात्रु बोकेर अर्घाखाँची हिंडेको यात्रुवहाक बस बुधबार चितवनको फिस्लिङबाट २ सय मिटर तल खस्दा ७ जनाको निधन भईसकेको छ भने दुई जना गम्भिर अवस्थामा रहेका छन् ।
घाइतेमध्ये ५ जनालाई काठमाडौं लगिएको छ भने १६ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
गाडी स्टाफसहित २९ जना रहेको र बीच बाटोबाट समेत १२, १५ जना चढेको आशंका प्रहरीले गरेको छ । यद्यपि यकिन संख्या भने आउन सकेको छैन । सुरक्षानिकाय सो क्षेत्रमा बससहित यात्रुहरुको खोजि कार्य भईरहेको छ ।
बस नदीमा खसेपछि भेटिएको छैन् । नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरी मिलेर अहिले बस खोज्ने काम भइरहेको छ। यो समाचार तयार पार्दा सम्म बस पत्ता नलागेको इलाका प्रहरी कार्यालय गजुरीबाट खटेका प्रहरी निरीक्षक संजय तिमल्सिनाले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया