समाचार हाइलाईट
Home / कला/साहित्य / कुमारी अवस्थालाई खुशी तुल्याउन दक्षिण कोरियामा ‘लिंगपार्क’ निर्माण

कुमारी अवस्थालाई खुशी तुल्याउन दक्षिण कोरियामा ‘लिंगपार्क’ निर्माण

काठमाडौं, मंसिर १५ गते । हाम्रो समाजमा यस्ता प्रकृतिका चित्र वा आकृति देख्दा लजाउने चलन छ यद्यपि कँही कतै देखिइहाल्यो भने हामी लुकेर, छिपेर हेर्ने गर्दछौं । काठमाडौंका विभिन्न दरबार, मठमन्दिरमा यस्ता आकृतिका कलाकृतिहरु धेरै मेटिन्छन् र त्यस स्थानमा स्थानीय र बाह्य पर्यटकको घुइँचोसमेत लाग्ने गर्दछ नकी दक्षिण कोरिया मात्र होइन । यद्यपि खुल्ला पार्कमा राखिएको कारणले दक्षिण कोरियाको यो स्थल विश्वमै चर्चित बन्न पुगेको छ । तर त्यस पार्कमा ‘लिंग’को आकृति मात्र पाइन्छ ।
सामाजिक परम्परागत मान्यताका आधारमा ‘सेक्स’ हर मानिसको लागि सहि सदुपयोग गरेमा आवश्यकीय विषय बन्ने गर्दछ । जुन विषयले सेक्सुयल जोडीलाई अदभूत शक्तिसमेत प्रदान गर्दछ । सामाजिक क्षेत्रमा सबैको चासोको विषय, सबैको चाहनाको विषयलाई हामी लुकाउने, त्यससँग सम्बन्धित शब्दावली भन्न समेत हिचकिचाउँछौं । यद्यपि हाम्रो संस्कार र र्सस्कृति अनि सामाजिक परिवेश पनि त्यस्तै छ । तर यसलाई खुल्ला गरेर सामाजिक अपराध कम गराउन मद्दत गर्नुपर्ने आवाज समेत नउठेका होइनन । के सार्वजनिक स्थलमा सेक्सुयल आकृतिका चित्र बनाउँदैमा वा त्यस्ता तस्बिरहरु राख्दैमा मानिसको सेक्सप्रतिको चाहना कम हुन्छ ? पक्कै पनि हामीले देख्दै आएका थियौं । खुल्लापनले त्यसप्रतिको चाहना घटाउन मद्दत गर्दछ । आजभन्दा १५ वर्ष अगाडिका युवतीका पाखुरा र पिढौंला वा सामान्य वृक्षस्थल मात्र देख्दा पछि लाग्ने केटाहरु आजकल हाफपाइन्ट लगाएर हिंडेका युवतीहरुको पछि लाग्न छाडेका छन् । यो नै खुल्लापनकै माध्यमबाट सम्भव भएको हो, यसका आ–आफ्ना सिमा र मर्यादाहरु हुन्छन् । यद्यपि हाम्रो समाजमा अनैतिक ढंगबाट यौनलाई विकृतिको रुपमा भित्र्याउनेहरुको भिड अझै कम भइसकेको छैन । महिलामाथि गरिने भेदभाव र अन्यायको शिकार अझै पनि भइरहेको छ । जसको अन्त्यका लागि यस्ता पार्कहरु फलदायी बन्न सक्छन् ।
दक्षिण कोरियाको सिनाम पार्कमा बनाइएको यो आकृति झट्ट हेर्दा निकै अनौठो लाग्ने उक्त पार्कमा लिंगको आकृतिमा ढालिएका अलग अलग स्मारकहरु देख्न सकिन्छ ।
करिब तीनसय लिंगको आकृतिमा ढालिएका स्मारकहरु सन २००७ देखि सञ्चालनमा आएको हो । युवतीहरुलाई कुमारी अवस्थामा खुसी झल्काउन पार्क निर्माण गरीएको हो । देश विदेशी पर्यटकको घुइचो लाग्ने उक्त पार्क दक्षिण कोरियाली लोककथामा आधारित छ ।
दक्षिण कोरियाली लोककथाका अनुसार हुनेवाला बेहुलीलाई नदीको किनारमा छाडेर युवक माछा मार्न जान्छन, त्यतिनै बेला ठुलो हावा हुरी चल्छ र त्यो हावाको बेगले हुतीएर नदीमा परि मृत्यु हुन्छ । कुमारी अवस्थामा रहेकी युवतीको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन । त्यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भन्ने गरिएको छ ।
यही युवतीको झल्काउन पार्क निर्माण गरिएको हो । पार्कमा लिंगको आकारका तोप, लिंगजस्तो जिब्रो भएको मानव आकृति, गमलामा रोपिएका लिंग आकृतिका बोटबिरुवा आदि रहेका छन् ।

मिडियाएनपी डटकमबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया