समाचार हाइलाईट
Home / माेफसल / मुगुमा भाइरल ज्वरोको प्रकोप, आठको निधन
मुगु जिल्ला अस्पतालमा शुक्रबार उपचारका लागि आएका बिरामी चिसोले भित्र बस्न नसकेर चौरमा घाम ताप्दै । तस्बिर : राजबहादुर(कान्तिपुर)

मुगुमा भाइरल ज्वरोको प्रकोप, आठको निधन

मुगु, मंसिर १६ गते । खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण आठ जनाको निधन भएको छ ।

भाइरल ज्वरोका कारण सयौं स्थानीय प्रभावित भएका छन् । भाइरल ज्वरोले यही साता रिघा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिककी ५५ वर्षीया पूर्वा कार्कीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भाइरल ज्वरोबाट कात्तिकमा सेरी साटबाडका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीया मागी रोकाया, पैखुगाउँका ५६ वर्षीय धनसिंह थापा र ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको थियो ।

करिब डेढ सय घरधुरी रहेको रिघाका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित बनेका छन् । सबै घरमा बिरामी देखिएपछि छिमेकी गाउँका बासिन्दा त्यहाँ जान डराउन थालेका छन् ।

‘बिरामी कुर्ने मान्छे छैनन् । सबै ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने रकम अधिकांशसँग छैन । अरूले ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो ।’

आजको कान्तिपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया