समाचार हाइलाईट
Home / माेफसल / लिम्बुलाई मोरङसुनसरी सामाजिक अभियानको उपचार सहयोग हस्तान्तरण

लिम्बुलाई मोरङसुनसरी सामाजिक अभियानको उपचार सहयोग हस्तान्तरण

मोरङसुनसरी सामाजिक अभियान डेक्स
इटहरी, मंसिर १७ गते । मोरङ सुनसरी सेवा समाजले प्राणघातक रोग क्यान्सर रोगबाट थलिएका मोरङ कानेपोखरी गाउँपालिका–७, पच्चिसविघे निवासी ६९ वर्षीया शेरबहादुर लिम्बुको उपचारका लागि शनिबार निजकै निवासमा सहयोग हस्तान्तरण गरेको छ ।
विपन्न परिवारका लिम्बु क्यान्सरबाट थलिएर काठमाडौंमा उपचार गराईरहेका र आम्दानीको स्रोत समेत केही नभएको अवस्थामा मोरङसुनसरी सेवा समाज कुवेतको विशेष सहयोगमा मोसु अभियानबाट संकलित रकम ६२ हजार बिरामी लिम्बुकै हातमा मोरङसुनसरी सेवा समाज नेपालका अध्यक्ष रामनाथ भण्डारीले हस्तान्तरण गरेका हुन् ।
स्थानीय निकायका पदाधिकारी वडा सदस्य दलबहादुर थामी, बिरामीका छोरालगायत अन्य परिवारका सदस्य र स्थानीबासीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
हस्तान्तरणपश्चात बिरामीले कुरा गर्दै गरिबीको कारणले उपचारमा कठिनाई आईरहेको र उपचार खर्च जुटाउन निकै मुस्किल परेको बताए । उनले भने– अब २१ गते मंसिरमा पुनः काठमाडौंमा जानु पर्ने भएको छ तर निर्वाचनको दिन परेको हुँदा २३ वा २४ गते काठमाडौंमा पुनः उपचारका लागि जाने बताए ।
सरकारले भयानक र प्राणघातक रोगको लागि निःशुल्क अप्रेसन वा उपचार गर्ने भन्ने कुरा आएको हुँदा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा त्यसलाई समेत कार्र्यान्वयनमा लान मोसु अभियानका अभियन्ताहरुले सुझाव दिएका छन । विभिन्न सरकारी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार गराउने व्यवस्था मिलाइएको छ तर प्रक्रिया मिलाएर जानुपर्ने सुझावलाई उहाँहरुले सकारात्मक रुपमा लिएर त्यसलाई पनि अगाडि बढाउने परिवारका सदस्यहरुले बताएका छन् ।

मोरङसुनसरी सामाजिक अभियान अन्तर्गत मोरङसुनसरी सेवा समाज केन्द्र र प्रवासका सदस्यहरुबाट संकलित रकम लिम्बुको उपचारका निम्ति हस्तान्तरण गरिएको हो । यस संस्थाको कतार, बहराईन, कुवेत, ओमन, युएई र जापानमा प्रवास शाखा रहेको छ भने मोरङको हसन्दहमा केन्द्रीय कार्यालय र इटहरी सुनसरीमा शाखा कार्यालय खोलेर सामाजिक अभियानमा लाग्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया