समाचार हाइलाईट
Home / कला/साहित्य / स्रोता र दर्शकको माया तान्ने इन्दिराको अर्को म्युजिक भिडियो ‘तिम्ले गर्दा हो…..’

स्रोता र दर्शकको माया तान्ने इन्दिराको अर्को म्युजिक भिडियो ‘तिम्ले गर्दा हो…..’

संगीतलाई पेशाको रुपमा लिएकी इन्दिराले ‘‘तिम्ले गर्दा हो…..’ म्युजिक भिडियोबाट सफल हुनेमा आशावादी बनेकी छन् । दर्शक र स्रोताको मायाले अहिलेसम्म यस क्षेत्रलाई त्याग्न नसकेको र यस म्युजिक भिडियोलाई मनपराई सांगीतिक उचाई थप्नेमा विश्वस्त रहेको बताइन् । 

रायुजा काठमाडौं संवादादता
काठमाडौं, मंसिर १७ गते । दोलखाको ग्रामिण इलाका मकैबारीमा जन्मिएकी इन्दिरा शाहले नवौं एल्बमको लोकभाकाको गीत ‘तिम्ले गर्दा हो…’ लाई म्युजिक भिडियोमा उतारेर बजारमा ल्याएकी छन् । सानैदेखि गायनमा सौखिन इन्दिराले लोक भाकाका गितहरु धेरै गाईन, एल्बम धेरै निकालिन तर सोचेजस्तो सफलता हात पार्न नसकेको गुनासो पनि त्यतिकै गर्छिन् । स्वदेशमा मात्र नभएर उनी प्रवासी जिवनका भोगाईसमेतको अनुभव बटुलेर यतिखेर काठमाडौंको महाराजगञ्ज चक्रपथमा कोल्ड स्टोर चलाएर जिविकोपार्जन गरिरहेकी छन् । यद्यपि उनले आफ्नो संगीतप्रतिको मोह भने त्याग्न सकिरहेकी छैनन् ।
अहिलेसम्म गाएका म्युजिक एम्बम र भिडियोबाट नाम र प्रतिष्ठा कमाउन सफल देखिएकी इन्दिरा यसै क्षेत्रबाट कमाई हुने कुरामा त्यति विश्वास गर्दिनन् । त्यति हुँदा हुँदै पनि उनको संगीतप्रतिको महकै कारण पछिल्लो एल्बमको म्युजिक भिडियो ‘तिम्ले गर्दा हो’ बोलको धमकेदार, मनोरञ्जनात्मक म्युजिक भिडियो बजारमा ल्याएकी छन् । मोडल तथा गायक कृष्ण रेउलेको अभिनयलाई साथ दिएका छन् दिपा थापा, रोशन तामाङ र प्रिया मल्लले बेजोड साथ दिएका छन् ।
इन्दिरा शाह र कृष्ण रेउलेको सुमधुर स्वरमा सजिएको उक्त गीतको शब्द शरद पाण्डेको रहेको छ । यस म्युजिक भिडियोको निर्देशन बिक्रम चोहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिकले गरेका छन् ।
संगीतलाई पेशाको रुपमा लिएकी इन्दिराले ‘‘तिम्ले गर्दा हो…..’ म्युजिक भिडियोबाट सफल हुनेमा आशावादी बनेकी छन् । दर्शक र स्रोताको मायाले अहिलेसम्म यस क्षेत्रलाई त्याग्न नसकेको र यस म्युजिक भिडियोलाई मनपराई सांगीतिक उचाई थप्नेमा विश्वस्त रहेको बताइन् ।
गायन क्षेत्रलाई पारिवारिक समर्थन निकै कम्ती रहेको गुनासो गर्दै उनी भन्छिन– ‘स्वदेश तथा विदेशमा बसेर सांगीतिक यात्राका धेरै आरोहअवरोह पार गरेको अनुभव छ । प्रवासमा कामबाट थकित भएका नेपाली कामदारलाई एउटै थलोमा भेला गरी मनोरञ्जनात्मक लोकभाकाका गितहरुले भरपुर मनोरञ्जन प्रदान गरिएको बताउँछिन् ।
पहिला रहरले गित गाइयो तर अहिले रहर र कहर दुवै मिसावट भएर बाध्य बनाएको बताउँछिन् । उनी भन्छिन्–सांगीतिक क्षेत्रमा लागेर जिविकोपार्जन हुने सोच्न दिवास्वपन नै हो । यस क्षेत्रको लगानी भनेको वालुवामा पानी खन्याए झै हो । उनी थप्छिन्– कमाई नभए पनि, कम्पनीले रोयल्टी नदिए पनि जे जसरी हुन्छ गीत बजारमा निकाल्ने मन भएपछि निकालिरहेको छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया