समाचार हाइलाईट
Home / अर्थ / भाडामा बस्नेहरुका लागि खुशीको खबर : घरपेटीले गलहत्याउने दिन गए
A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

भाडामा बस्नेहरुका लागि खुशीको खबर : घरपेटीले गलहत्याउने दिन गए

काठमाडौं, मंसिर १८ गते । सामान्यतः व्यवहारिक र मानविय ढंगबाट हेर्ने हो भने हामीले घरभाडामा बस्नेहरुका लागि केही समय दिएर, उसको व्यवस्थापन भएपछि मात्र घरबाट हटाउने प्रचलन चल्दै आएको छ तर त्यो कानुनी रुपमा होइन व्यवहारिक र मौखिक हुन्थ्यो तर पनि कतिपय भाडामा बस्नेहरुलाई घरपेटीबाट दिएको तनाव, जवरजस्ती, देखाएको दादागिरीहरु कम थिएनन् ।

यही कुरालाई अहिले कानुनी रुपमा ल्याइएको छ । जसमा अब घरपेटीले वहालमा बस्नेलाई तीन महिनाभित्र अर्को व्यवस्थापन गर्न दिएर मात्र घर खाली गराउन सक्ने प्रावधान आएको छ ।
घर खाली गराउनुपर्दा ३५ दिने सूचना जारी गरेर मात्र घर खाली गराउनु पर्ने छ । अन्यथा कानुनले घरपेटीलाई अप्ठ्यारो पार्न सक्ने कानुनी व्यव्स्था आगामी भदौबाट लागु हुने भएको छ । यद्यपि कार्यान्वयनका हिसाबले नेपालको कानुन फितलो देखिएको, पहुँचवालाहरुले जे पनि गरेको अवस्थामा यो कानुन पनि फितलो नहोला भन्न सकिन्न ? यद्यपि कामना गरौं कानुनको कार्यान्वयनमा अब आउने सरकार दृढ र संकल्पित बनोस् ।

आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ।

आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ।

कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिन/दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन। घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्नेछ। तर, त्यसपछि बहालमा लिने÷दिने व्यक्तिले आवश्यकता अनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया